यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – दार्चुलामा नेपाल–भारत जोड्ने सीमा नाकामा तनाव सृजना भएपछि आज साेमवार बिहानसम्म बन्द भएको नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पुलमा आवतजावत सुरु भएको छ ।
भारतले महाकाली नदीको धार नै परिवर्तन हुने गरी तटबन्ध निर्माणलाई निरन्तरता दिएपछि हिजो साेमवार सदरमुकाम खलङ्गाका स्थानीयवासीले विरोध गरेका थिए । विरोधका क्रममा भारतीय पक्षले ढुङ्गा हानेपछि तनाव सृजना भएको थियो । तनावका कारण हिजैदेखि पुलमा आवतजावतसमेत बन्द गरिएको थियो ।
भारतीय पक्षले बन्द गराएको पुल खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले पहल गरेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । हिजो बेलुका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय नेतृत्वको टोलीले भारततर्फ निर्माण गरिरहेको तटबन्धको स्थलगत निरीक्षण गरेको थियो ।
भारतले पछिल्ला दिनमा तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै उनीहरूले निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।