जर्मनीमा सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा २५ जना पक्राउ

 मंसिर २१, २०७९ बुधबार १७:४१:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

जर्मनीमा सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा २५ जना पक्राउ परेका छन् । उग्र दक्षिणपन्थी तथा पूर्वसैन्य अधिकारीहरूको समूह राइक्सबर्गरले संसद् भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको आरोपमा जर्मन प्रहरीले २५ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । पक्राउ गर्नका लागि देशभरि तीन हजार प्रहरी परिचालन गरी एक सय ३० भन्दा धेरै ठाउँमा छापा मारिएको थियो ।

प्रहरीले राजकुमार हाइनरिक तेह्रौँ भनिने ७१ वर्षका जर्मन पुरुषलाई षड्यन्त्रको मुख्य योजनाकार भनेको छ । राइक्सबर्गर समूह हिंसात्मक आक्रमण तथा जातियतावादी षडयन्त्रका हल्ला फैलाउने विषयलाई लिएर लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थियो । त्यो समूहले आधुनिक जर्मन राज्यलाई समेत अस्वीकार गर्दै आएको छ ।

जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ को जस्तो जर्मनी राष्ट्र निर्माणको षड्यन्त्रमा राइक्सबर्गर समूहका झन्डै ५० जना सक्रिय रहेका जर्मन प्रहरीका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया