वामदेव गौतम भन्छन, ‘प्युठानबाट चुनाव जित्ने मौका गुमाएँ’

 असोज २०, २०७५ शनिबार १५:४६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले आफूले प्युठानबाट चुनाव जित्ने मौका गुमाएको बताउनुभएको  ।

प्युठान–काठमाडौं सम्पर्क मञ्चले पेरिसडाँडामा गरेको शुभकामना तथा कार्यक्रममा नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफूले प्युठानबाट चुनाव लडेको भए जित्ने दाबी गर्दै प्युठानबाट निर्वाचित हुने अवसर गुमेको बताउनुभयो । ‘मैले प्युठानबाट निर्वाचित हुने मौका गुमाएको छु, तर मैले प्युठानको लागि गरेका बाचा भुलेको छैन’, गौतमले भन्नुभयो । 

नेता गौतमले आफूले २०७० सालको चुनावमा प्युठानको लागि गरेको बाचा ५० प्रतिशत पूरा भएको र बाँकी यही सरकारका पालामा पूरा गरिने बताउनुभयो । 
२०७० सालको चुनावमा प्युठान क्षेत्र नम्बर १ र बर्दिया, दुवै ठाउँबाट गौतमले जित्नुभएकाे थियो । 

नेकपाका केन्द्रिय सदस्य विजय गुरुङ, सांसद कृष्णध्वज खड्का, युवा नेता भोजविक्रम बुढालगायतले पार्टीको तल्लो तहसम्मको एकता प्रक्रियालाई चाँडो टुङ्ग्याई नागरिकको समृद्धिको अपेक्षालाई सार्थक तुल्याउन नेतृत्व वर्ग र सरकार केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया