काठमाण्डाैवासीलाई बाह्रै महिना पानी खुवाउने मन्त्रीको प्रतिबद्धता

 मंसिर २३, २०७९ शुक्रबार १३:३२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायीरूपमा भए पनि काठमाण्डाैवासीलाई बाह्रै महिना पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ । 

आज शुक्रवार मेलम्चीको पानी पुनः वितरण कार्यक्रममा सहभागी हुँदै मन्त्री चौधरीले काठमाण्डाैवासीलाई अस्थायीरूपमा भए पनि पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको हो । उहाँले मेलम्चीको पानीको दीर्घकालीनरूपमा स्थायी समस्या समाधानका लागि एसियाली विकास बैंक (एडीबी) ले पहिलो प्रतिवेदन बुझाइसकेको र दोस्रो प्रतिवेदन बुझाउने चरणमा रहेको जानकारी दिँदै मेलम्ची खानेपानीका संरचना सुरक्षा गर्दै स्थायी समाधान खोज्नेतर्फ सरकार लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अस्थायीरूपमा भए पनि काठमाण्डाैवासीलाई मेलम्चीको पानी खुवाउँछु । दीर्घकालीनरूपमा यसको समस्या समाधानका लागि एडीबीले पहिलो प्रतिवेदन बुझाइसकेको छ र दोस्रो प्रतिवदेन बुझाउने क्रममा छ । भूक्षय भएको ठाउँमा त्यसको रोकथाम कसरी गर्ने ? कसरी संरचना सुरक्षा गर्ने ? स्थायीरूपमा समाधान गर्न कसरी अघि बढ्ने भन्नेबारेमा पनि सोचिरहेका छौँ ।’

मन्त्री चौधरीले विज्ञहरूले दिएको सुझाव र एडीबीले दिएको प्रतिवेदनलाई कार्यान्वयन गरेको खण्डमा बाह्रै महिना नै काठमाण्डाैवासीलाई पानी खुवाउन सकिने उल्लेख गर्नुभयो । उहाँले काठमाण्डाैवासीलाई बारम्बार मेलम्चीकै पानीका लागि पर्खिनुपर्ने बाध्यता हटाउनका लागि सरकारले मेलम्चीको विकल्पको रूपमा वर्षाको बेलामा बाग्मतीको पानी ल्याएर मेलम्चीकै 'ट्रिटमेन्ट प्लान्ट' मा जम्मा गरिएको, याङ्ग्री र लार्केको योजना पनि अध्ययन गरि अघि बढाएको साथै सिस्नेरी र ठोस्ने खोलाको कार्ययोजना बनिसकेको तथा काम पनि भइरहेको बताउनुभयो ।

मन्त्री चौधरीले आउँदा दिनमा काठमाण्डाैमा पानी व्यवस्थापन गर्न अन्य ठाउँको विकल्प दिनसके काठमाण्डाैवासीले कसैको मुख हेर्न नपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया