सरकारको आम्दानी ३ खर्ब ३९ अर्ब, खर्च भने ४ खर्ब १० अर्ब रुपैयाँ

 मंसिर २५, २०७९ आइतबार १६:२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आर्थिक गतिविधि सुस्त हुँदा सरकारलाई राजस्व सङ्कलनको लक्ष्य भेटाउन मुस्किल देखिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर झन्डै छ महिना पुग्न लाग्दा जम्मा तीन खर्ब नौ अर्ब २८ करोड रुपैयाँ राजस्व उठाएको  छ । यो कुल लक्ष्यको जम्मा २२ दशमलव ५ प्रतिशतमात्रै हो । पोहोर छ महिनामा सरकारले तीन खर्ब ९७ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ३३ प्रतिशत राजस्व उठिसकेको थियो ।

यो वर्ष कर राजस्वबाट दुई खर्ब ८४ अर्ब, गैरकर राजस्वबाट २४ अर्ब ४८ करोड, अनुदानबाट तीन अर्ब ४१ करोड र अन्य शीर्षकमा २६ अर्ब ७२ करोड रुपैयाँ सरकारको खातामा जम्मा भएको छ । सबै गरेर सरकारको आम्दानी तीन खर्ब ३९ अर्ब रुपैयाँ रहेको छ । तर सरकारको साउनदेखि अहिलेसम्म सरकारको खर्च भने चार खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये चालुतर्फ तीन खर्ब ३१ अर्ब १७ करोड र पुँजीगततर्फ ३१ अर्ब ७५ करोड रुपैयाँमात्रै खर्च भएको छ ।

यसरी हेर्दा राजस्व उठाएको पैसाले सरकारको चालु खर्च पनि धान्न मुस्किल देखिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ४६ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ ।

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया