रवि लामिछाने हिरासतमा सुतिरहेको ‘भाइरल’ तस्वीरबारे प्रहरीले...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधीन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउनुभएकाे छ । मन्त्रालय सम्हाले लगत्तै खासगरि उपत्यकाभित्र निर्माणाधीन ठूला संरचनाहरूको एकसराे अनुगमन गर्नुभएका मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरूको अनुगमन सुरु गर्नुभएकाे छ ।
शनिवार भैँसेपाटीमा निर्माणाधीन सङ्घीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गर्नुभयाे ।
‘काममा किन ढिलाइ भइरहेको छ ? पाँच महिनापछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाइ गर्दा कमिसन बढ्छ ?’ उहाँले भन्नुभयाे ।
मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाइ भएको बताएका थिए । कर्मचारीकाे उत्तर लगत्तै मन्त्री चाैधरीले भन्नुभयाे, ‘कोभिड त सकिएन र ?’ ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नुपर्याे, मलाई भन्नुस् ।’
त्यस लगत्तै मन्त्री चौधरी भैँसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा पुग्नुभयाे । त्यहाँ पनि सोचेअनुसार प्रगति नदेख्दा उहाँले सम्बन्धित पक्षलाई छलफलका लागि आइतवार मन्त्रालयमा आउन निर्देशन दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।