जाजरकोट जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या १२ पुग्यो

 मंसिर २७, २०७९ मंगलबार ९:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

जीप दुर्घटना भएकाे ठाउँ, तस्बिर : सामाजिक सञ्जाल

जाजरकाेट – जाजरकोटमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । दुर्घटनामा घाइते जैभान अधिकारीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, सहचालक भगवतीमाई– ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने १२ जनामध्ये ८ जना एकै वडाका रहेका छन् । जाजरकोट छेडागाड नगरपालिका–५ का जैभान अधिकारीसहित दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको ज्यान गएको हो । छेडागाड–६ का वीरबहादुर खत्रीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।

छेडागाड नगरपालिका वडा नम्बर ५ मा हिजो दिउँसो कर्णाली प्रदेश ०२, ००१ च ४२९ नम्बरको जन्ती सवार जिप दुर्घटना भएको थियो ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया