सांसदको शपथ नगराइ सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड

 पुष ३, २०७९ आइतबार १७:४३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदको शपथ ग्रहणअघि नै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताउनुभएको छ । 

आज आइतवार पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको हो । निर्वाचित सांसदको शपथ ग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै उहाँले त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । 

अध्यक्ष प्रचण्डले सांसदको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिर जस्तो बन्न गएको उल्लेख गर्दै त्यसो गर्नु गलत हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, सांसदहरूको शपथ ग्रहण नहुँदै सरकार गठन गर्ने नजिर जस्तो बन्न गएको छ । यो सही होइन । सामान्यतया निर्वाचन आयोगले राष्टपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा निर्वाचित सांसदहरूको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यको शपथ ग्रहण गराइ सकेपछि सबै पार्टीका संसदीय दलको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरूको शपथ ग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ ।

अध्यक्ष प्रचण्डले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाइने बताउँदै आउनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार एक हप्ताकाे समय दिएर सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएकाे छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया