मन्त्री खानका लागि कसैको घर धाउँदैनौँ, कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ : लिङ्देन

 पुष ४, २०७९ सोमबार १६:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ । 

आज सोमवार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो । उहाँले आफूहरूले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आउँदा दिनमा के गर्दा आफ्नो मान्यताहरू स्थापित हुन्छन् त्यही गर्ने बताउनु भयो । आफूहरू मन्त्री खानका लागि कसैको घर नधाउने उहाँकाे भनाइ छ । 

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताउनुभयो । उहाँले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकार निर्माणको प्रक्रिया सुरु भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि भन्ने चिन्ता लिनुपर्दैन । अहिले न हामीलाई सरकारमा जान हतारो छ, न सरकारमा नजाने भनेर कसम खाएका छौँ । हामी मन्त्री खानका लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ ।’

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको बताउनुभयो । उहाँले आउँदा दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने उल्लेख गर्नुभयाे । पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणामबाट आफू सन्तुष्ट नभएको उहाँले बताउनुभयाे । राप्रपा सुध्रिएको हो कि होइन भनेर नागरिकले परीक्षण गर्नका लागि यस पटक यति मत दिएकाे उहाँकाे भनाइ छ । 

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदलाई विदेशी दूतावासले कार्यक्रममा बोलाएमा पार्टीको अनुमतिविना नजान निर्देशन दिनुभयो । दूतावासले बोलाएर रक्सी–मासु खुवाउने भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले सांसदलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिनुभयो ।

उहाँले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको बताउनुभयाे । पार्टीमा नयाँ मानिसलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया