अन्य दलहरूसँग मिलेर सरकार बनाउने गुण, अनुभव देउवासँग मात्रै छ : प्रवक्ता महत

 पुष ५, २०७९ मंगलबार १७:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताउनुभएको छ । 

आज मङ्गलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुग्नुभएका प्रवक्ता महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यकता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताउनुभएको हो । उहाँले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । अन्य दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यकता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको उहाँकाे भनाइ छ ।  

उहाँले भन्नुभयो, ‘राजनीति आवश्यकताकाे सिद्धान्तले चल्छ, आयुको सिद्धान्तमा चल्दैन । कोही बारम्बार हुन्छन्, कोही हुँदै हुँदैनन् । परिपक्व नेतृत्वको आवश्यकता छ । देशले खोजेको नेतृत्व हामीले प्रस्तुत गर्ने हो । कांग्रेसको मात्रै बहुमत छैन, हामीले अन्य दलहरूलाई पनि जोडेर सरकार बनाउनु छ । त्यो जोड्ने गुण उहाँ (देउवा) मा छ, उहाँ पटक–पटक त्यसै हुनुभएको होइन ।’ 

कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अन्तिम अपडेट: असोज ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • BABU RAM POKHREL

    Dec. 21, 2022, 8:52 a.m.

    Oppertunity दिनुस न अरुले पनि सक्छ नेताज्यू ! खाली १ जना नेता मात्रै सक्षम अरु असक्ष किन भनिराख्जुभाकाे? यस्मा तपाईंकाे स्वार्थ के लुकेकाे छ? कतिन्जेल सम्म झाेले बनेर बस्ने क्या ?

  •  0 Reply

तपाईको प्रतिक्रिया