‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’ : गगन थापा

 पुस ६, २०७९ बुधबार १२:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताउनुभएको छ ।

उहाँले अब बन्ने सरकारमा आफू सहभागी नहुने पनि स्पष्ट पार्नुभएको छ । संसदीय दलको नेता छान्न आज भएको चुनावको परिणामपछि अब सरकारको नेतृत्व गर्न कांग्रेसलाई ढोका खुलेको समेत थापाले बताउनुभयो । संसदीय दलको नेताका प्रतिस्पर्धी रहेका थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई समेत दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘संसदीय दलको नेतामा पटक–पटक चयन हुनुभएका सभापति यसपटक पनि निर्वाचित हुनुभएको छ । उहाँलाई शुभकामना छ । उहाँको जिम्मेवारी अब उन्नत र गौरवमय बनोस् ।’

संसदीय दलको चुनावमा देउवाले ६४ र थापाले २५ मत प्राप्त गर्नुभयो । आफूले पाएको मत अपेक्षाभन्दा कम भएको पनि थापाको भनाई छ ।


अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया