सोलार मिनिग्रीडबाट बत्ती बलेपछि डोटीको गराजु गाउँ झिलिमिली

 पुष ६, २०७९ बुधबार १२:१९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

डाेटी – डोटीको बोगटान फुड्सिल गाउँपालिका–२ गराजु गाउँ झिलिमिली भएको छ । यसअघि अन्धकारमा बस्दै आएका स्थानीय बासिन्दा सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा खुसी भएका छन् ।

धेरैजसो घरपरिवार उज्यालोको लागि झुरो अर्थात् (सल्लाको काठ) मा निर्भर थिए । केन्द्रीय प्रशारण लाइनको पहुँच पुग्न अझै केही वर्ष लाग्ने भएकाले गराजु गाउँका बासिन्दालाई सोलार मिनिग्रिडबाट विद्युत् आपूर्तिको प्रबन्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत आर्थिक सहयोग तथा जर्मन सहयोग नियोग (जिआइजेड)को नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम (रिप)को प्राविधिक सहयोग गरी झण्डै दुई करोड २० लाख रुपैयाँको लागतमा सोलार मिनिग्रिड परियोजना सम्पन्न भएको हो । बिजुलीको सुविधा पुगेपछि रातीको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न तथा मोेबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग गर्न सहज भएको स्थानीयबासिन्दा नरबहादुर बोहराले बताउनुभयो ।
 

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया