माधव नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा

 पुष ६, २०७९ बुधबार १६:७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्नुभएकाे छ ।  

आज बुधवार दिउँसाे देउवा र प्रचण्डले उपचाररत नेपाललाई भेट्नुभएकाे हाे । उहाँहरूले नेपालकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिँदै स्वास्थ्य लाभकाे कामना गर्नुभएकाे देउवाका प्रेस प्रमुख गाेविन्द परियारले जानकारी दिनुभयाे । 

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रुघा खोकी, ज्वरो र छातीमा सङ्क्रमण देखिएपछि हिजाे मङ्गलवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियाे ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया