अमेरिकाले ब्यालेस्टिक मिसाइलमा संलग्न पाकिस्तानका चार कम्पनीला...
पुस ४, २०८१ बिहिबार
धनुषा – उज्यालोका धनुषा समाचारदाता सुजीतकुमार झा मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । आज बुधवार झा याे पुरस्कारबाट सम्मानित हुनुभएकाे हाे ।
जनकपुरधामको सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व मकेश्वरप्रसाद सिंहको नाममा स्थापित याे पुरस्कार सिंहको १२ स्मृति दिवसको अवसरमा आज पत्रकार झालाई प्रदान गरिएको हाे । पुरस्कारकाे राशि ५१ सय पाँच रुपैयाँ रहेकाे छ । पत्रकारिता र मैथिली साहित्यको माध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले झालाई सो पुरस्कार प्रदान गरिएको हाे ।
अढाई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय झाको मैथिली भाषामा १५ वटा पुस्तक प्रकाशित भइसकेकाे छ । उहाँले मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकाे छ ।
मकेश्वर बाबु सामाजिक प्रतिष्ठानका अध्यक्ष रीतेशकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, नेकपा एसका पोलिटब्युराे सदस्य श्रीप्रसाद साह, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रकाशचन्द्र साह, सम्मानित हुने पत्रकार झालगायतका वक्ताले बोलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।