कीर्तिमानी आरोही शेर्पालाई पर्यटनमन्त्री श्रेष्ठद्वारा १ महिनाको तलब प्रदान

 पुष ६, २०७९ बुधबार १७:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गर्नुभएको हो । मन्त्री श्रेष्ठले एक महिनाको आफ्नो तलब सम्मानस्वरूप ७० हजार सात सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो । 

सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्ने कुरा कम चुनौतीको विषय नभएको बताउनुभयो । उहाँले आरोही शेर्पाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको उपलक्ष्यमा आफूले सम्मानस्वरूप एक महिनाको तलब हस्तान्तरण गरेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवको रूपमा सम्मान दिने गरिए पनि नेपालमा भने त्यत्ति चासो नदिएको बताउनुभयाे । आरोही शेर्पाले अहिलेसम्म सात पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । 

मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीको चर्चा विश्वमा गर्न सके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताउनुभयो ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया