प्रधानमन्त्री काे बन्ने भनेर सल्लाह गर्दैछाैँ, राष्ट्रपतिबारे अहिले नसोध्नुस् : प्रचण्ड

 पुष ७, २०७९ बिहीबार १६:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ गठबन्धनकै सरकार बन्ने जिकिर गर्नुभएकाे छ । सरकारको नेतृत्वको बारेमा भने सल्लाह गर्ने उहाँले प्रतिक्रिया दिनुभयो । 

आज बिहीवार प्रतिनिधि सभा सदस्य पदको शपथ लिएलगत्तै प्रचण्डलाई संसद् भवन परिसरमा सञ्चारकर्मीले सरकारको नेतृत्वमा तपाईं कि शेरबहादुर देउवा भनी प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उहाँले त्यस सम्बन्धमा सल्लाह गरेर सहमतिमा पुग्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले राष्ट्रपतिबारे भने अहिले नै प्रश्न नगर्न पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । शपथ ग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘आज शपथ ग्रहण बडो उत्साहका साथ सम्पन्न भयो । अब सरकार पनि त्यसैगरी बन्छ । अब सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौँ । राष्ट्रपतिबारे अहिले नसोध्नुस् ।’

अध्यक्ष दाहालले प्रधानमन्त्री बन्ने आकाङ्क्षासहित सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूसँगको छलफललाई पनि तीव्रता दिनुभएको छ भने एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत छलफललाई अगाडि बढाइरहनुभएको छ ।  

प्रतिनिधि सभामा तेस्रो हैसियतमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे प्रधानमन्त्रीको दाबी स्वाभाविक नभएको पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ । प्रचण्डले भने देशको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको बताउँदै आउनुभएकाे छ ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया