नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
काठमाडौं – भारतमा भन्दा नेपालमा पेट्रोलिम पदार्थको भाउ सस्तो भएपछि नेपालबाट भारततर्फ अवैध निर्यात हुन थालेको छ ।
भारततिरबाट रित्ता गाडी नेपाल आएर तेल भर्ने र पारीपट्टी लगेर खन्याउने क्रियाकलाप भैरहेको निगमले जनाएको छ । एउटै गाडीले दिनमा ५ पटकसम्म नेपालमा डिजल भरेर भारतमा लगेर बेचेकोे पनि भेटिएको भन्दै निगमले सिमा क्षेत्रमा गाडीलाई अड्कलेर मात्रै तेल भर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई अनुरोध गरेको छ ।
आइतबार उद्योण वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर निगमले भारतीय मालबाहक गाडीले नेपालमा आएर तेल भर्ने र भारतमा लगेर बेच्ने गरेको भन्दै नियन्त्रण गर्न अनुरोध गरेको हो ।
‘कतिपय भारतीय गाडीले दिनमा पाँचपटकसम्म नेपालमा आएर तेल भर्ने गरेको भेटिएको छ, एउटा गाडीको ट्यांकीमा ४ सय लिटरसम्म तेल अट्छ, यसरी हेर्दा एउटै गाडीले दिनमा २ हजार लिटरसम्म तेल तस्कर भएको अनुमान गर्न सकिन्छ’, निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराईले उज्यालो अनलाइनसँग भन्नुभयो ।
अहिले भारतको रक्सौलमा भन्दा नेपालको विरगञ्जमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ २२ पैसा र डिजल २६ रुपैयाँ ६७ पैसा सस्तोे छ । अहिले निगमले डिजल र पेट्रोल क्रमश ४ र ५ रुपैयाँ घाटामा व्यहोरिरहेको छ । भारतको रक्सौलमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ३६ रुपैयाँ २८ पैसा छ भने नेपालको विरगञ्जमा १ सय १२ रुपैयाँ ५ पैसा छ । यस्तै डिजल रक्सौलमा १ सय २२ रुपैयाँ छ भने नेपालको विरगंजमा ९९ रुपैयाँ ५ पैसा छ ।
सीमाबाट जतिधेरै तेल भारततिर गयो निगमको घाटा झनै थपिँदै जाने भएकाले भारततर्फको तस्करी रोक्न मन्त्रालय गुहारिएको भट्टराईले जानकारी दिनुभयो । स्थानीय प्रशासन र स्थानीय तहको समन्वयमा तेल चोरी रोक्न सकिने उहाँले बताउनुभयो
भारतमा भन्दा नेपालमा इन्धन सस्तो भएपछि भारततिर अवैध निकासी हुँदा नेपालमा इन्धनको आयात अस्वभाविक बढेको छ । गएका वर्षको तुलनामा पछिल्ला ३ महिनामा भारतबाट आयात हुने पेट्रोल र डिजलको आयात २० प्रतिशतसम्मले बढेको पनि निगमका कार्यवाहक कार्यकारी निर्देशक भट्टराईले जानकारी दिनुभयो ।
‘हुन त हामी विकास निर्माणको चरणमा छौं, त्यसैले पनि केही मात्रामा तेलको आयात बढ्नु स्वभाविक मान्न सकिएला तर बर्खामा पनि कुनै महिनामा पोहोरको तुलनामा २० प्रतिशतले आयात बढेको छ, यसको मुख्य कारण भनेकै भारततर्फ अवैध निकासी हुनु हो’, भट्टराईले भन्नुभयो ।
आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ७ हजार २ सय ७० किलोलिटर पेट्रोल आयात भएकोमा गएको आर्थिक वर्षमा ४ लाख ८८ हजार ५ सय ७५ किलोलिटर आयात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा १३ लाख १९ हजार ८ सय ७३ किलोलिटर डिजल आयात भएकोमा गएको अर्थिक वर्षमा १३ लाख ८८ हजार ८ सय ६९ किलोलिटर डिजल आयात भएको छ ।
नेपालमा आर्थिक वर्ष २०७५/७६ लागेपछि भारतमा इन्धनको भाउ धेरै नै बढेको र नेपालमा त्यति धेरै नबढेकाले पछिल्ला ३/४ महिनामा आयात धेरै बढेको छ ।
भारतमा विभिन्न शिर्षकका कर र सञ्चालन खर्च धेरै हुँदा इन्धन महँगो छ, भारतको तुलनामा नेपालमा विभिन्न शिर्षकका कर र सञ्चालन खर्च कम रहेको हुँदा तुलनात्मक रुपमा सस्तो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।