भ्रष्टाचारीप्रति निर्मम बन्ने र शक्तिशाली आयोग बनाउने सर्तमा प्रचण्डलाई सघाएका हाैँ : लामिछाने

 पुष ११, २०७९ सोमबार १४:५५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले केही सर्तसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताउनुभएको छ ।

सत्ता गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले भ्रष्टाचारको विषयमा निर्मम बन्ने र अहिलेसम्मका भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउने सर्तमा आफूहरूले प्रचण्डलाई सघाउको बताउनुभयो ।

यस्तै विदेशमा रहेका नेपालीलाई मताधिकार, उनीहरूलाई स्वदेशमै रोजगारी र विदेशमा समस्या पर्दा उद्धार टोलीको व्यवस्थालगायतका काम गर्न पनि आफूहरूको सर्त रहेको र त्यसमा एमाले–माओवादी सहमत भएका लामिछानेको भनाइ छ ।

यसैबीच उहाँले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Lok

    Dec. 27, 2022, 8:55 a.m.

    Don’t forget the people and your commitments . Make the daily action plan based on monthly tangible plan passed by the secretariat and monitor daily do more and celebrate achievement with team monthly basis-good governance-good governance and good good governance tied up with service delivery

  •  0 Reply

तपाईको प्रतिक्रिया