प्रधानमन्त्री प्रचण्ड कमजोर : गृह, अर्थ र उद्योग मन्त्रालय अर्कै दललाई

 पुष ११, २०७९ सोमबार १६:५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कमजोर देखिनुभएको छ । सरकार सञ्चालनका लागि मुख्य मानिएका मन्त्रालय नै प्रचण्डको दल माओवादीले नपाउने पक्का भएपछि उहाँ कमजोर बन्नुहुने देखिएको हो ।

गृह मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालय अरू दलले पाउने पक्का भएको छ । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनमत पार्टीका अब्दुल खान बन्न पक्का भएको छ ।

प्रायः प्रधानमन्त्रीले गृह र अर्थमध्ये कम्तीमा एउटा मन्त्रालय आफ्नै दलसँग राख्ने चलन रहेको छ । तर प्रचण्डले दुवै नपाउने पक्का भएको हो । अरू शक्तिशाली मानिएका परराष्ट्र र रक्षा मन्त्रालय पनि माओवादीले पाउने/नपाउने टुङ्गो छैन ।

नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयले आजै दिउँसाे ४ बजे शपथ ग्रहण गराउने तयारी गरेको छ । आजै सानाे आकारकाे मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया