दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ । यसअघि दुई पटक प्रधामन्त्री बन्दा तथा सांसदको शपथ लिँदा दौरासुरुवाल नलगाउनुभएका अध्यक्ष प्रचण्डले यस पटक भने दौरासुरुवाल लगाएर शपथ ग्रहण गर्नुभएको हो ।
माओवादीका नेताहरूले एकल जातीय पहिचान भन्दै दौरासुरुवाललाई अस्वीकार गर्दै आएका थिए । यसअघि माओवादीले राष्ट्रिय पोसाक दौरासुरुवाल बदल्नुपर्ने बहस गरेका थिए ।
यसअघि अर्का नेता अग्नि सापकोटाले सभामुख बनेपछि पहिलो पटक दौरासुरुवाल लगाउनुभएको थियो भने कृष्णबहादुर महरा, बाबुराम भट्टराईलगायतका नेताहरू दौरासुरुवाल लगाएर चर्चामा आइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।