अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

 पुस १२, २०७९ मंगलबार १०:३४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकतामा रहेकाे बताउनु भएकाे छ । आज नेपाल उद्योग वाणिज्य महासङ्घकाे पदाधिकारी प्रतिनिधिमण्डलसँग खुमलटारमा भएकाे भेटमा उहाँले यस्ताे बताउनु भएकाे हाे । 

प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भइसकेको बताउनु भयाे । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने उहाँकाे भनाइ छ । 

'महासङ्घ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईँहरु चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ'उहाँले भन्नुभयाे । 

प्रधानमन्त्री प्रचण्डले महासङ्घकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गर्नुभयाे। 

भेटघाटमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले प्रचण्डलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवम् शुुभकामना दिनु भएकाे छ । 

गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र अहिले देखिएको तरलता सङ्कुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने बताउनु भयाे । देशको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा उहाँले बताउनु भयाे । 

अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत् पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ्ग समस्याको कारण उद्योगी  व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाे उहाँले  बताउनु भयाे । 

गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझेर त्यही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताउनु भएकाे छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले सङ्कुचित हुँदै बताउँदै गाेल्छाले यी समस्यालाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया