जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरलाई यौन शोषणको आरोप लगाए पश्चात बलिउडमा मी टू क्याम्पेन सुरु भएको छ । एक पछि अर्को गर्दै अहिले कयौं व्यक्तिहरुको नाम सार्वजनिक भइरहेको छ । अहिले गायक कैलाश खेरमाथि पनि यौन शोषण गरेको आरोप लागेको छ ।
फोटो पत्रकार नताशा हेमरजानीले ट्वीटर मार्फत गायक कैलाशले आफूमाथि यौन शोषण गरेको कुरा सार्वजनिक गरेकी छिन् । नताशाले लेखेकी छिन ‘मेरो मी टू क्याम्पेन गायक कैलाश खेर र मोडल जुल्फी सैयदका विरुद्ध छ । यो सन् २००६ को कुरा हो जब म मुम्बईको हिन्दुस्तान टाइम्समा फोटो पत्रकारका रुपमा काम गरिरहेकी थिएँ ।’
— Natasha Hemrajani (@radiantbear) October 6, 2018
नताशाले अर्को ट्वीट गदै लेखेकी छिन् ‘ त्यस बेला म र एक अर्की महिला पत्रकारलाई कैलाश खेरको अन्तरवार्ता र फोटोका लागि उनको घरमा पठाइएको थियो । अन्तरवार्ताका क्रममा कैलाश हामी दुईजनाको एकदमै नजिक आएर बसे । कैलाशले पटक–पटक हाम्रो स्कर्ट भित्र हात राख्ने कोशिश गरिरहेका थिए ।’
— Natasha Hemrajani (@radiantbear) October 6, 2018
उनले अगाडि लेखेकी छिन् ‘हामी हतार–हतार अन्तरवार्ता सकेर त्यहाँबाट निस्कियौं । मैले मेरी सहकर्मीसँग कैलाशले हामी दुईसँग गरेको यौन दुर्व्यवहारका बारेमा लेख्नु पर्छ भनेँ । तर मेरी सहकर्मीले अस्वीकार गर्दै भनिन् ‘यो खबर पत्रिकाले छाप्ने छैन । हामी दुवैले भने पनि उनीहरु मान्ने छैनन् । मेरा कयौं साथी र सहकर्मीलाई कैलाशको यस किसिमको व्यवहार बारे थाहा थियो ।'
— Sandhya Menon (@TheRestlessQuil) October 5, 2018
नताशाले मात्रै नभई एक विदेशी पत्रकारले पनि भारतीय पत्रकार तथा लेखक सन्ध्या मेननलाई म्यासेज गर्दै कैलाशद्वारा यौन दुव्र्यवहारको शिकार भएको खुलाशा गरेकी छिन् ।
उनले म्यासेजमा लेखेकी छिन् ‘कैलाश खेर मस्कटको एक बुटिकमा पुगेका थिए । त्यहाँ केही महिलाहरु, फोटोग्राफर, मेरा सहकर्मी, म र मेरो बोस पनि हुनुहुन्थ्यो । म कैलाश खेर नजिक बसेकी थिएँ । कैलाश कुराकानीको क्रममा पटक पटक कुनै न कुनै बहानामा मलाई छोइरहेका थिए । जसले गर्दा म निकै असहज महसुस गरिरहेकी थिएँ ।
यस बारेमा मैले मेरो बोसलाई भन्दा उनले मेरो कुरालाई हाँसेर टार्दै कैलाश खेरका साथ ग्रुप फोटो खिच्न बोलाए । कैलाश त्यबेलामा पनि मलाई आफू नजिकै उभिन भनेका थिए तर मैले उनको कुरा अस्वीकार गरिदिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।