विभिन्न १० निर्माण कम्पनी कालोसूचीमा
फागुन २८, २०८१ बुधबार
कञ्चनपुर – निर्मला पन्तको हत्यापछिको अनुसन्धानमा लापर्वाही गर्ने थप २ जना प्रहरी निलम्बनमा परेका छन् । निर्मला पन्तको शरीरमा रहेको सुरुवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनीहरुले घटनास्थलको अनुसन्धानका क्रममा गम्भीर लापर्वाही गरेको प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिनुभयो । यससँगै निर्मला हत्याकाण्डमा निलम्बित हुने प्रहरीको संख्या ८ पुगेको छ । यसअघि प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेट्टी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरीक्षक अंगुर जीसीलगायत ६ जना निलम्बनमा परिसकेका छन् ।
गृहमन्त्रालयका सहसचिव हरीप्रसाद मैनाली संयोजकत्वको टोलीले हिजो सार्वजनिक गरेको प्रतिवेदनमा पनि निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा प्रहरीले गम्भिर लापर्वाही गरेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उमा नन्द अर्याल
Oct. 8, 2018, 2 p.m.अाज शम्म ७० दिनका समाचर पढ्दा र बुझ्दा बिभिन्न शमाचार र सरकारकाे जाँचबुझ शमितिका प्रतिबेदन बुझ्दा पढ्दा कशै गरिपनि मन थामिएन र लेख्नै र बुझ्न मन लाग्याे केही जिग्याशा राख्नै मन लाग्याे जाे तल राखिएकाे छ:- १-जुन शमुहले झुटाेलाई शाँचाेमा परिणत प्रयाेग गरिने अश्त्र बिष्टमा प्रयाेग गर्याे त्याे अश्त्र तिनै शमुहमा चलाउन सकिँदैन? २- मेराे मात्र नभएर शारा नेपाली बाेल्ने र बुझ्ने हरु काे प्रस्न हाेला प्रहरिले प्रमाणनष्ट गर्न सयाेग गर्याे भनिन्छ त तेशकाे अाशय के थियाे? ३-के त्याे अश्त्र प्रयाेग गर्न अाम नागरिगलाइ मात्र बनाईएकाे हाे त? ४-यदि मिल्छ भने किन अलमल के ले राेक्याे? ५- यदि मिल्दैन भने गलत लाई शहि बनाउने अश्त्र किन बनाइयाे? यदि एस्तै हाे भने दुखलाग्छ मेराे देशमा मानिस ले स्वतन्त्र बाच्ने अधिकार पनि छैन