चीन : बाक्लो कुहिरोका कारण पुलमा २ सय वटा गाडी एकआपसमा ठोक्किए

 पुस १३, २०७९ बुधबार २०:१३:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको मध्य क्षेत्रमा रहेकाे एक राजमार्गमा सयौँ गाडी दुर्घटनाग्रस्त भएको चीनको सरकारी प्रसारक सीसीटीभीले आज बुधवार जनाएको छ । दुर्घटनामा एक जनाको ज्यान गएकाे छ ।

सडकदेखि माथि आकाशबाट लिइएको तस्बिरमा बाक्लो हुस्सुका कारण सडक नदेखिँदा दुर्घटनाग्रस्त सयौँ यात्रुवाहक कार, भ्यान र लरीहरू राजमार्गको एक भागमा थुप्रिएको देखिएको छ । 

अनलाइनमा पोस्ट गरिएका अन्य भिडियोमा केही गाडी दुर्घटनाका कारण टुक्रा–टुक्रा भएको पनि देखिएको छ ।

हेनान प्रान्तको झेङझोउ सहर नजिकै बाक्लो कुहिरोले कमजोर दृश्य भएका कारण दुर्घटना भएको र कम्तीमा दुई सय वटा गाडी दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार बिहान झेङझोउको पहेँलो नदीको पुलमा अचानक कुहिरो लागेको थियो, जसका कारण धेरै गाडी आपसमा ठोक्किएर दुर्घटना भएको थियो, झेङझोउका अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले भनेको छ । 

‘दुर्घटनालगत्तै आपत्कालीन उद्धार गरिएकाे र दुर्घटना स्थललाई सामान्य गाडी सञ्चालनका गर्नका लागि खाली गराइँदै छ’, रिपोर्टमा भनिएको छ। 

चीनमा कडा यातायात सुरक्षा नियम, कमजोर सडक संरचना साथै चालकको लापर्बाहीका कारण सडक दुर्घटानाबाट बर्षेनी हजारौँ नागरिकको अकालमा ज्यान जाने वा अगभङ्ग हुने गर्छ । गएकाे सेप्टेम्बरमा दक्षिण–पश्चिमी गुइझोउ प्रान्तको क्वरेण्टीनमा जाँदै गरेको बस राजमार्गमा पल्टिँदा २७ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया