जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छिन् । केही दिनअघि मात्रै सिनेमा बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला ‘दालभात तरकारी’को तयारीमा छिन् ।
त्योसँगै उनी विकासराज आचार्यले निर्माण गर्न लागेको सिनेमा ‘हजार जुनीसम्म’मा पनि अनुबन्धित भइसकेकी छिन् । चलचित्रका लागि भर्खरै छनोट भएका नवनायक अकी प्रधानले स्वस्तिमाको जोडी भएर काम गर्ने बताइएको छ ।
सिनेमा ‘होस्टेल रिटन्र्स’ मार्फत अभिनयमा डेब्यू गरेकी स्वस्तिमालाई एउटा गीतले करिअरमा चर्चा र सफलता दियो । निर्देशक तथा स्वस्तिमाका श्रीमान निश्चल बस्नेतसँग सिनेमा ‘दुई रुपैयाँ’मा समावेश ‘कुटमा कुटु’बोलको गीतमा काम गरेपछि स्वस्तिमाको करिअर निरन्तर अघि बढेको छ ।
त्यो गीतको सफलता छि उनले सिनेमा ‘छक्का पञ्जा –२’मा काम गरिन् । ‘छक्का पञ्जा –३’ मा पनि उनको विशेष भूमिका रहेको छ । ‘छक्का पञ्जा’ को यो ब्यानरँसग काम गरेपछि उनको चर्चा अझ बढ्यो । त्यस्तै उनले अभिनय गरेको सिनेमा ‘नाइँ न भन्नु ल ५ पनि प्रदर्शनमा र्आसकेको छ । चलचित्रले सफल व्यापार गरेको थियो । त्यस्तै उनको मुख्य भूमिका रहेको सिनेमा ‘जय भोले’ फूलपातीको दिनदेखि प्रदर्शनमा आउँदैछ ।
सबै चलचित्रहरुमा भन्दा फरक भूमिकामा देखिन लागेको चलचित्र हो ‘बुलबुल’ । नायिका स्वस्तिमा खड्का यतिबेला चलचित्र ‘बुलबुल’मा उनले निर्वाह गरेको भूमिकाका कारण चर्चामा छिन् । चलचित्रमा उनले एक टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रमा उनले ‘रणकला’ नाम गरेकी महिलाको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पो चालक साथीको भूमिका निर्वाह गरेकी बताइएको छ ।
साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको चलचित्रको छायांकन सम्पन्न भइसकेको छ । नेपाली चलचित्र ‘साँघुरो’ का लेखक विनोद पौडेलले यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका छन् । चलचित्रले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गरेको छ । निर्माता अबिरल थापाले बताएअनुसार चलचित्रको रिलिज भ्यालेन्टाइन डेको अवसरमा हुनेछ ।
‘नेपाली मितिअनुसार फागुन ३ गते चलचित्र रिलिज गर्ने निर्णय गरेका छौँ’, ‘थापाले भने, ‘ डायस्पोराका केही देशमा प्रिमियर गरेर बल्ल रिलिज गर्ने सोचअनुरुप फागुनको समय राखेका हौँ ।’
चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ ।
सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् । चलचित्रमा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । चलचित्रलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।