आहा रारा पोखरा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

 पुस १५, २०७९ शुक्रबार १७:५७:२५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–१ गाेलले हराउँदै चर्च ब्वाइज क्वाटर फाइनलमा पुगेकाे हाे । उसले क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ । 

चर्च ब्वाइजको जितका लागि अञ्जन विष्ट र अनन्त तामाङले एक/एक गोल गरे । खेलको पहिलो हाफमा अग्रता बनाएकाे भए पनि त्यसलाई कायम राख्न नसक्दा विभागीय टिम नेपाल पुलिस क्लब प्रतियोगिताबाटै बाहिरिएकाे छ। खेलको २५औँ मिनेटमा पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई गोलमा परिणत गरेका हुन्  ।

तर चर्च ब्वाइजले खेलको ७७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायाे । उसका लागि अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । निर्धारित ९० मिनेटमा बराबारी गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । खेलको ९८औँ मिनेटमा अनन्त तामाङले गोल गरेपछि चर्च ब्वाइज २-१ ले विजयी भएकाे हाे । 

भाेलि एपीएफ क्लब र धरान फुटबल क्लबबीच खेल हुनेछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया