विद्यालयमै पुगेर साेलुका १७ सय भन्दा बढी विद्यार्थीको आँखा जाँच

 पुस १६, २०७९ शनिबार १३:२२:४७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले १७ सय भन्दा धेरै विद्यार्थीको आँखा जाँच गरेको छ ।

केन्द्रले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत सोलु दुधकुण्ड नगरपालिकाको ९ वटा विद्यालयमा सञ्चालन गरेको शिविर मार्फत १७ सय १४ जना विद्यार्थीको आँखा जाँच गरिएको हो । जसमध्ये आठ सय ६७ छात्रा र आठ सय ४७ जना छात्र रहेको आँखा केन्द्रका प्रमुख विधान ताम्राकारले बताउनुभयो ।

उहाँका अनुसार पिके मावि लोदिङका एक सय चार, जुनबेशी मावि जुनबेशीका एक सय दुई, बालेश्वर मावि केरुङका एक सय ३५, सेर्कासिङ आवि नाजिङका ५९ र फाप्लु सामुदायिक मावि फाप्लुका एक सय ८१ जनाले सेवा लिएका छन् ।

यस्तै जनप्रिय मावि टाप्टिङका दुई सय ४५, फाप्लु सामुदायिक मावि फाप्लुका एक सय १५, जनजागृति आवि सल्लेरीका एक सय ६९ र ह्वाईहिल्स मावि सल्लेरीका छ सय चार जना विद्यार्थीको आँखा जाँच गरिएकोे केन्द्रको तथ्यांक छ ।  

गएकाे मंसिर २५ देखि पुस ७ गतेसम्म विद्यालयमा पुगेर सञ्चालन गरिएको शिविर मार्फत एक सय ५५ जनालाई चस्मा लगाउन सुझाव दिइएको आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईले बताउनुभयाे । याे शिविर तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, हिमालयन क्याटर्‍याक प्रोजेक्ट र सोलुदुधकु्ण्ड नगरपालिका शिक्षा शाखाको समन्वयमा सञ्चालन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया