माछापुच्छ्रे पोखरा ओपन टेनिसको उपाधि प्रदीप र अभिलाषालाई

 पुस १६, २०७९ शनिबार १६:३८:१२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – १९ औं माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस एकलतर्फको उपाधि नेपालका नम्बर १ टेनिस खेलाडीद्वय प्रदीप खड्का र अभिलाषा विष्टले जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न प्रतियोगिताको खुल्ला एकल पुरुषतर्फको उपाधि प्रदीप खड्का जिते भने महिलातर्फको उपाधि अभिलाषा विष्टले जितिन् । 

प्रदीपले प्रनभ खनाललाई २–१ ले जित्दै उपाधि जिते । एकलका उपाधि विजेता प्रदीप दुईजनातर्फको उपाधि विजेता समेत हुन् । नेहाल जङ्ग बहादुर थापा र प्रदीपको जोडीले त्याे उपाधि जितेका थिए ।

प्रदीपले उपाधिसहित नगद ८० हजारका साथमा ट्रफी हात पारे । प्रदीप नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता समेत हुन् । उपविजेता बन्न सफल प्रनभले नगद ४० हजार प्राप्त गरे । महिलातर्फ अभिलाषा विष्टले उपाधिसहित नगद ८० हजारका साथमा ट्रफी हात पारेकी छन् । फाइनलमा अभिलाषाले सर्भानी श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरिन् । उपविजेता बन्न सफल सर्भानीले नगद ४० हजारका साथमा ट्रफी हात पारीन् ।

प्रतियोगिताका अन्य इभेन्टमा समेत नगद सहित मेडल जितेका छन् । विजेता खेलाडीलाई माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष रोशन केसी, केसी ग्रुपका प्रवन्ध निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ, राजु श्रेष्ठ लगायतले ट्रफी, नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया