साेलुखुम्बुकाे नाम्चेमा याे वर्षको पहिलो हिमपात, लुक्लामा दुई दिनदेखि उडान ठप्प

 पुस १६, २०७९ शनिबार १६:५२:५२ | सुवास दर्नाल
unn.prixa.net

काठमाण्डाै – सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा यस वर्षकै पहिलो हिमपात भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेसहित खुम्जुङ, त्याङबोचे, फेरुचे लगायतको क्षेत्रमा शुक्रबारबाटै सामान्य हिमपात सुरु भएको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।

कार्यालयका अनुसार हिजो बिहानबाट सुरु भएको हिमपात अहिले पनि सामान्य रुपमा जारी रहेको छ । हिमपातसँगै खुम्बुमा अत्याधिक चिसोको महसुस गरिएको स्थानीयले बताएका छन् ।  खुम्बुको चारैतिर कुहिरोले घेरिएको छ भने मौसम प्रतिकूलताका कारण दुई दिन यता कुनै पनि जहाजले उडान भर्न नसकेको स्थानीय तोयाकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जहाजको उडान ठप्प हुँदा लुक्लाबाट चिसो छल्न काठमाण्डौ जाने यात्रुहरु मौसम अनुकूलताको पर्खाइमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया