बुटवलमा दर्ता नभएका ई-रिक्सा चलाउन नपाइने

 पुस १८, २०७९ सोमबार ८:५७:५२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई-रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएकाे भन्दै यस्ताे निर्णय गरेकाे हाे । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई-रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएकाे छ । 

विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई-रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।

दर्ता नभएका ई-रिक्सा सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनु भयो ।

बुटवलमा दर्ता नभएका १ सय ८४ ई-रिक्सा रहेका उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयाे । 
 

अन्तिम अपडेट: चैत २२, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया