आर्मीलाई हराउँदै सङ्कटा क्लब आहा रारा गाेल्ड कपकाे सेमिफाइनलमा

 पुस १८, २०७९ सोमबार १६:४८:५५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ । 

पोखरा रङ्गशालामा आज साेमवार भएको खेलमा विभागीय टाेली त्रिभुवन आर्मी क्लबलाई दुई–एक गोलले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटालाई जिताउन मेसुके र सुरज ज्यु ठकुरीले एक/एक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन । 

मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलका बिच हुनेछ ।  १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया