गण्डकी प्रदेश सभामा २ वटा अध्यादेश टेबल

 पुस १८, २०७९ सोमबार १७:३८:२९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सभाको हिउँदाे अधिवेशन आज साेमवारदेखि सुरु भएको छ । सोमवारको बैठकमा सभामुख मित्रलाल बस्यालले प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाएपछि दुई वटा अध्यादेश टेबल भएको छ ।

प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश टेबल गर्नुभएकाे छ । 

दुई वटा अध्यादेश पेस गरेपछि बैठक स्थगित भएको छ । प्रदेश सभाको अर्को बैठक पुस २९ गतेका लागि बोलाइएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया