मनाङ आहा रारा गाेल्ड कपबाट बाहिरियाे, अमेरिकी क्लबसँग १–० ले पराजित

 पुस १९, २०७९ मंगलबार १७:४३:११ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – आहा रारा पोखरा गोल्ड कपमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै अमेरिकाकाे भुटानी युथ स्पाेर्ट्स क्लब (बीवाईएससी) सेमिफाइलनमा प्रवेश गरेको छ । 

छ पटकको आहा राराको विजेता मनाङ मर्स्याङ्दीलाई बीवाईएससीले एक–शून्य गाेलले हरायाे । आमन्त्रित पाहुना टोलीले प्रतियाेगितामा सुखद सुरुवात गर्दा गोल्ड कपको इतिहास बोकेको मनाङ बाहिरियो ।

पाहुना टोलीका लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकी टोली सेमिफाइनलमा पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाइज युनाइटेडसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

२२ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपको पहिलाे सेमिफाइनल खेल भाेलि बुधवार सशस्त्र प्रहरीकाे एपीएफ क्लब र सङ्कटा क्लबबीच हुने छ । एपीएफ र सङ्कटा दुवै एक/एक पटकको आहा रारा गोल्ड कपका च्याम्पियन हुन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया