एपीएफलाई ४–१ गाेलले हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कपको फाइनलमा

 पुस २०, २०७९ बुधबार १७:३५:३९ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा पोखरा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । 

पोखरा रङ्गशालामा एपीएफलाई चार–एक गोलले हराउँदै सङ्कटा उपाधि नजिकै पुगेको हो । सङ्कटाको जितका लागि विदेशी खेलाडी स्टेफन बिनोङ र मेसुके ओलामाउले दुई/दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए । 

दोस्रो सेमिफाइनलमा भोलि बिहीवार अमेरिकी टाेली भुटनिज युथ स्पोर्ट्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । प्रतियाेगिताकाे विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

तस्बिर : सहारा क्लब पाेखरा

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया