चिसाेबाट जाेगाउन दिक्तेल रुपाकाेट नगरपालिकाले ८२ वर्षमाथिका ५० जनालाई सिरक बाँड्याे

 पुष २०, २०७९ बुधबार १९:२९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फाइबर सिरक बाँडेकाे छ । 

उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत चिसाेबाट  जाेगाउन दिक्तेल ५ लफ्याङका ५० जना ज्येष्ठ नागरिकलाई नगरपालिकाले सिरक बाँडेकाे हो । जाडो मौसममा ओढ्ने न्यानो कपडाको प्रबन्धका लागि ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख इरन राईले बताउनुभयो । 

सिरक पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् । नगरपालिकाले सिरक बाँड्ने भएपछि वृद्धवृद्धा लट्ठी टेक्दै वडा कार्यालय लफ्याङमा आइपुगेका थिए । कार्यक्रम स्थलमा आफैँ उपस्थित हुन नसकेका वृद्धवृद्धालाई आफन्तमार्फत सिरक पठाइएको वडा नं ५ का वडाध्यक्ष दिनेशकुमार घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया