तयार भयो सरकारको न्यूनतम साझा कार्यक्रम, ‘नागरिकले परिवर्तनको आभास गर्छन्’– मुकुल ढकाल

‘याे सरकार केही दिने सरकार हाे भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम बनेकाे छ’

 पुस २२, २०७९ शुक्रबार १६:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको बताएको छ । आज शुक्रवार अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनुभयो । उहाँले भोलि शनिवार शीर्ष नेताहरूको संयन्त्रमा सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने बताउनुभयो । उहाँले न्यूनतम साझा कार्यक्रम नागरिकको डेलिभरीको पक्षमा रहेको र परिवर्तनको आभास हुने गरी आएको दाबी गर्नुभयो । नागरिकलाई यो सरकार केही दिने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेको उहाँको भनाइ छ ।    

उहाँले भन्नुभयो, ‘राम्रो न्यूनतम साझा कार्यक्रम बनेको छ । नागरिकको 'डेलिभरी' को पक्षमा परिवर्तनको आभास हुने गरी कुराहरू समेटिएका छन् । नागरिकलाई परिवर्तनको आभास दिलाउने सरकार हो भन्ने महसुस गराउने गरी न्यूनतम साझा कार्यक्रम आउने छन् ।’

गएको पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो । अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशम्शेर राणा र जनता समाजवादी पार्टी नेपालबाट रकम चेम्जोङ हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया