नेपाली सेनाको एकीकरण टर्च र्‍याली नुवाकोटमा

 पुष २४, २०७९ आइतबार ९:२८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको विदुर नगरपालिका–१० शुभघाट पुगेको छ । गएको बिहीवार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाण्डौसम्म पैदल जाने क्रममा धादिङको भर्‍याङ भुरुङ हुँदै नुवाकोट पुगेको हो ।  

‘एकीकरण टर्च’ र्‍याली आज शुभघाटबाट केउरिनी चौतारो हुँदै नुवाकोटको साततले दरबार पुग्नेछ । पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएर देशको शासन सञ्चालन चलाएको साततले दरबार परिसरमा आयोजित विशेष स्वागत कार्यक्रम पछि ‘एकीकरण टर्च र्‍याली’ काठमाण्डौतर्फ आउने छ ।

आउँदो २७ गते सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने नेपाली सेनाले जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया