कोरोना रोकथामका लागि चीनमा खोप कार्यक्रमलाई प्राथमिकता

 पुस २५, २०७९ सोमबार ७:५०:५५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

चीनले कोरोना रोकथामका लागि खोप कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड-१९ को सङ्क्रमण रोकथामका लागि कोरोना विरुद्धको खोपको बुस्टर डोज लगाउनुपर्नेमा चीनले जोड दिएको छ ।

चीनले कोरोना रोकथामका लागि नयाँ मापदण्ड सार्वजनिक गर्दै सङ्क्रमण रोकथाम गर्न बुस्टरकै दोस्रो मात्रा लगाउनुपर्ने तथा हरेक व्यक्तिले व्यक्तिगत जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिएको हो ।

ज्येष्ठ नागरिकलाई खोपको बुस्टर मात्रा दिनुपर्ने र पहिलो बुस्टर मात्रा लगाएकालाई पनि दोस्रो मात्रा दिइनुपर्ने मापदण्डमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  चिनियाँ स्वास्थ्य अधिकारीहरुले अब कोरोना विरुद्धको खोप नलगाएकाको खोजी गर्ने पनि खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया