वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ

 पुस २६, २०७९ मंगलबार १९:५१:२९ | सागर राज तिमिल्सिना
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

कास्की – वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । 

वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक–पटक अमर्यादित व्यवहार गरेकाे भन्दै गएकाे आइतवार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएकाे थियाे । उजुरीपछि आज मङ्गलवार जिल्ला प्रहरी कार्यालयले अधिकारीलाई पक्राउ गरेकाे हाे । 

गएकाे पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाको भेलामा अध्यक्ष र अन्य सदस्यबीच छलफलका क्रममा अधिकारीले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया