एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको एकीकरण टर्च र्याली काठमाण्डाै आइपुगेको छ ।
गएको बिहीवार गोरखाबाट हिँडेको एकीकरण मार्ग पदयात्रा आज बिहान काठमाण्डाै आइपुगेको हो । गोरखाबाट हिँडेको टोली धादिङको भर्याङभुरुङ, नुवाकोट र ककनी हुँदै काठमाण्डाै आइपुगेको हो । काठमाण्डाै आउने क्रममा तारकेश्वर वडा नम्बर ३ ले पाँचमानेमा टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडाध्यक्ष पर्शुराम अर्यालले जानकारी दिनुभयो ।
काठमाण्डाै आइपुगेको टाेली आज हनुमानढोकामा पुग्ने नेपाली सेनाका कालीध्वज गण नागार्जुनका सेनानी सागर थापाले बताउनुभयो । र्यालीमा सहभागी सैनिक पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले प्रयोग गरेको जस्तै पोसाक र हतियारमा सजिएका छन् । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा भोलि बुधवार विशेष कार्यक्रम गरेर र्यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।