जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

 पुस २७, २०७९ बुधबार १३:२९:११ | एजेन्सी
unn.prixa.net

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् ।

शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा नयाँ सब–भेरिएन्ट बीएफ–७ तीव्र रूपमा फैलिएको र त्यसका कारण अस्पतालका सघन उपचार कक्ष भरिएका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बताउँदै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया