साेलुखुम्बुकाे नेले बजारका अग्नि पीडित परिवारलाई गाउँपालिकाकाे राहत

 पुस २८, २०७९ बिहिबार १५:५५:१२ | सुवास दर्नाल
unn.prixa.net

पीडितलाई राहत रकम हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष राई

सोलुखुम्बु – सोलुखुम्बुको नेले बजारका अग्नि पीडित परिवारलाई थुलुङ दुधकोशी  गाउँपालिकाले राहत रकम प्रदान गरेको छ । आगलागीबाट घर पूर्णरूपमा क्षति भएकाहरूलाई आज बिहीवार गाउँपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत प्रदान गरेको हो । 

गाउँपालिका अध्यक्ष असिम राईसहितको टोली घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको पालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयाे । उहाँका अनुसार आगलागीमा घर आंशिक क्षति भएका प्रतिपरिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ । 

गएकाे पुस ५ गते मङ्गलवार दिउँसो ४ बजेतिर वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पूर्णरूपमा नष्ट भएको थियो । आगलागीमा कल्पना बस्नेत, रमेश बस्नेत, बुद्धिबहादुर कार्की र गणेश बस्नेतको घर पूर्णरूपमा क्षति भएको थियो भने प्रनय राईको घरमा आंशिक क्षति पुगेकाे थियो । 

त्यस घटनाप्रति पालिका अध्यक्ष राईले दुःख व्यक्त गर्दै पीडितको घाउमा पालिकाले मलम लगाउने काम गरेको बताउनुभयाे । उहाँले आगो निभाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई थप सहयोग जुटाउन आफूले पनि सक्दो पहल गरिरहेको बताउनुभयाे । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया