बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्छ : डा. स्वर्णिम वाग्ले

 पुस २८, २०७९ बिहिबार १९:५१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको छ । 

बिहीवार काठमाण्डाैका बौद्धिक सम्पत्ति संरक्षण समाजले आयोजना गरेको आर्थिक विकास र बौद्धिक सम्पत्ति विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै अर्थविद् वाग्लेले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभएको हो । उहाँले बौद्धिक सम्पत्तिलाई विकसित देशहरूले विश्व व्यापार सङ्गठनको सदस्यमा जबरजस्ती बनाएको बताउनुभयो । बौद्धिक सम्पत्तिलाई विश्व व्यापार सङ्गठनको सदस्यमा राख्दा 'इन्फोर्स' गर्न सजिलो हुने उहाँकाे भनाइ छ । 

अर्थविद् वाग्लले बौद्धिक सम्पत्तिलाई अमेरिकाले तीव्ररूपमा अगाडि बढाएकोमा पश्चिमा देशहरूले नै आलोचनात्मक टिप्पणी गरिरहेको बताउनुभयो । उहाँले अल्पविकसित देशका लागि तीव्र गतिमा बौद्धिक सम्पत्ति मुद्दा अगाडि आउँदा आवश्यक हुने/नहुने सुझबुझपूर्ण निर्णयको आवश्यकता देखिएको बताउनुभयो ।    

उहाँले भन्नुभयो, ‘विकसित देशहरूले बाैद्धिक सम्पत्तिलाई विश्व व्यापार सङ्गठनको सदस्यमा जबरजस्ती राखेका छन् । बौद्धिक सम्पत्तिलाई अमेरिकाले तीव्ररूपमा अगाडि बढाएकाेमा आलोचनात्मक टिप्पणीहरू आइरहेका छन् । यसलाई नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्छ । यो कुन निहितका साथ आएको छ, हाम्रो विकासको चरणमा आवश्यक हो वा होइन भनेर सुझबुझपूर्ण निर्णयको आवश्यकता देखिएको छ ।’

अर्थविद् वाग्लेले बौद्धिक सम्पत्तिमात्रै बनाएर अन्य संरचना पङ्गु बनाएको देशमा बौद्धिक सम्पत्तिकाे संरक्षणले प्रभावकारीरूपमा काम नगर्ने टिप्पणी गर्नुभयाे । उहाँले त्यसका लागि लगानी भित्र्याउने र प्रत्याभूति दिने प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला (बीआईटी ) बिफा सम्झौता गर्न खोज्दा गाली गरे पनि देशका लागि अत्यावश्यक रहेको बताउनुभयो । 

डा. वाग्लेले विश्वमा पहिलो पटक सन् १९५९ मा पाकिस्तान र जर्मनीबीच बिफा सम्झौता भएकाे बताउनुभयो । अहिले सबैभन्दा धेरै बिफा सम्झौता गर्ने चीन रहेको र चीनको जति बिफा सम्झौता गर्ने अन्य कुनै पनि विकसित देश नभएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया