युरोपमा हरेक दिन ४७ जना आप्रवासी बालबालिका हराइरहेका तथ्याङ्क सार्वजनिक

 बैशाख १९, २०८१ बुधबार १२:११:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युरोपमा हरेक दिन झण्डै ४७ जना आप्रवासी बालबालिका हराउने गरेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । 'क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोप' को नयाँ अनुसन्धानअनुसार विगत तीन वर्षमा ५० हजार जनाभन्दा धेरै बाल आप्रवासी बेपत्ता भएका देखिएको छ ।

अनुसन्धानका क्रममा अष्ट्रिया, जर्मनी र इटालीलगायत ३१ युरोपेली देशहरूमा पाइएको तथ्याङ्कअनुसार सन् २०२१ र २०२३ को अन्त्यसम्ममा कम्तीमा ५१ हजार चार सय ३३ जना शरणार्थी नाबालिग बेपत्ता भएका देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।

अझ केही देशहरूमा अपर्याप्त कागजातका कारण वास्तविक सङ्ख्या पत्ता नलागेकाले अझै बढी सङ्ख्या हुन सक्ने जनाइएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी इटलीबाट २२ हजार आठ सय ९९ जना बालबालिका बेपत्ता भएका छन् । त्यसपछि क्रमशः अष्ट्रिया, बेल्जियम, जर्मनी र स्विट्जरल्याण्डबाट धेरै बालबालिका हराइरहेका छन् ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया