गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित

 पुस ३०, २०७९ शनिबार १७:२९:५४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएकाे छ । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे हाे ।

उहाँको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गर्नुभयाे । काग्रेसका १ सांसद उपस्थित भएनन् । 

मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट हाल्नुभएकाे हाे । सुरुमा उम्मेदवारी दर्ता गर्नुभएका धिताल निर्वाचित भएपछि अर्यालको उम्मेदवारीमा मत विभाजन भएन । 

गएकाे प्रतिनिधि तथा प्रदेश सभा चुनावमा धिताल गोरखा १(१) बाट निर्वाचित हुनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया