राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित

 माघ १, २०७९ आइतबार १८:३१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित भएको छ । पोखरामा आज आइतवार भएकाे विमान दुर्घटनाको शोकमा भोलि साेमवार सार्वजनिक बिदा दिइएकाले कार्यक्रम स्थगित गरिएको हो । 

माघ २ गते भोलि देशभर विभिन्न कार्यक्रम गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिन्छ । 

सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृह मन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार उपसमितिको सदस्यसचिवसमेत रहनुभएका भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) का कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो । भोलिका लागि स्थगित गरिएको कार्यक्रम एक हप्ताभित्र गर्ने तयारी छ । 

पर्सि मङ्गलवारदेखि भने भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले विभिन्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया