विमान दुर्घटनामा ज्यान गुमाएका ६९ मध्ये २४ जनाको पोखरामा पोस्टमार्टम हुँदै

 माघ २, २०७९ सोमबार १७:५७:१३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – हिजो आइतवार पोखराको सेती नदीकाे खोँचमा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको शव आफन्तलाई जिम्मा लगाउने काम सुरु भएको छ ।

दुर्घटनामा ६९ जनाको ज्यान गएकोमा ४१ जनाको परिचय खुलेको छ । ४१ जनामध्ये २४ जनाको पोखरामै पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टम भइसकेका र पोखरामा पायक पर्नेहरूलाई शव बुझाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । बाँकी शवलाई थप परीक्षण र पहिचानका लागि  हेलिकप्टरबाट काठमाण्डौ पठाउने तयारी भएको कार्यालयले जनाएको छ । शव लिन नेपाली सेनाको एमआई १७ हेलिकप्टर पोखरा पुगिसकेको छ ।  

यसअघि बिहान शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई जना सदस्य काठमाण्डाैबाट पोखरा पुगेका थिए । ज्यान गुमाएकाहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । विमानमा ७२ जना यात्रु रहेकामा तीन जना अझै बेपत्ता छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया