व्यवसायीहरुलाई धम्काएर रकम असुली गरेको आरोपमा बुटवलमा २ जना पक्राउ

 माघ ४, २०७९ बुधबार ८:४९:३० | भवानीप्रसाद पाण्डे
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुपन्देही – व्यवसायीहरुलाई धम्काएर रकम असुली गरेको आरोपमा रुपन्देही प्रहरीले बुटवलबाट २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका ४ अर्खवाङ्ग बस्ने ३५ वर्षीय नवीनचन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका २ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् । उनीहरुलाई हातहतियारसहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख रबिन्द्र रेग्मीले जानकारी दिनुभयो । 

बुटवलको देवीनगरबाट पक्राउ परेका उनीहरुविरुद्ध रोयल ग्रुप नामक समूह बनाएर विभिन्न व्यवसायीसँग १० हजार देखि लाखौं रुपैयाँसम्म असुली गर्न धम्काउने गरेको आरोपमा उजुरी परेको थियो । सैनामैनामा रहेको नवीनको कोठा खानतलासी गर्दा रिभल्वर , गोली , व्यवसायीहरुको लिष्ट पनि प्रहरीले बरामद गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया