सुनको भाउ ताेलाकाे एक लाख पाँच हजार रुपैयाँ नाघ्याे

 माघ ६, २०७९ शुक्रबार १०:५६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुनको भाउ बढेर तोलाकाे एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज शुक्रवार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी  महासङ्घले जनाएको छ । हिजो बिहीवार सुनको भाउ तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो ।

यसअघि पोहोर फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो । त्यति बेला सुनकाे भाउ बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसयता भाउ घट्न थाले पनि फेरि सुनको भाउ बढ्न थालेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया