सगरमाथा राष्ट्रिय निकुञ्जले शुल्क नतिर्ने हेलिकप्टर नियन्त्रणमा लिने

 माघ १०, २०७९ मंगलबार ८:२१:४५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले निकुञ्ज क्षेत्रमा अवतरण शुल्क नतिर्ने हेलिकप्टरलाई नियन्त्रणमा लिने भएको छ ।

निकुञ्ज क्षेत्रमा शुल्क छल्दै अवतरण हुने हेलिकप्टरको सङ्ख्या बढेकाले आउँदो फेब्रुअरी १ तारिख अर्थात् माघको १८ गतेदेखि शुल्क भुक्तानी नगरि अवतरण हुने हेलिकप्टरलाई नियन्त्रण लिइ कारबाही गरिने भएको हो ।

निकुञ्जले यसबारेमा हेलिकप्टर कम्पनीलाई लिखित पत्राचार समेत गरेको छ । शुल्क नतिर्ने हेलिकप्टर र चालकलाई नियन्त्रणमा लिन नेपाली सेनालाई पत्र काटिएको प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

यसबाट हेलिकप्टर कम्पनीले गर्ने गरेको राजस्व छलि रोक्न मद्दत पुग्ने निकुञ्जले जनाएको छ । निकुञ्जको नियम अनुसार हेलिकप्टरले प्रतिअवतरण तीन हजार रुपैयाँ राजस्व बुझाउनु पर्छ । तर कम्पनीहरुले यो नियमलाई छल्दै शुल्क बुझाउन अटेर गरिरहेको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया